• शनिबार, साउन १६ २०८३

प्रधानन्यायाधीशले फेरि बोलाए न्याय सेवा आयोगको बैठक


शुक्रबार, माघ १४ २०७८
730
Shares

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज न्याय सेवा आयोगको बैठक फेरि बोलाएका छन् । यसअघि ६ पुसमा बोलाइएको बैठक स्थगित भएको थियो ।

जिल्ला न्यायाधीशको परीक्षाको नजिता प्रकाशनका लागि उनले दिउँसो २ बजेका लागि न्याय सेवा आयोगको बैठक बोलाएका हुन्। 

सर्वाेच्च अदालतमा न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरालाई बहिष्कार गरिरहेका छन्। कानुन व्यवसायीले पनि उनको राजीनामा माग गर्दै आन्दोलन जारी राखेका छन्। उनले दाेस्राेपटक राख्न लागेकाे बैठकमा अन्य सदस्य सहभागी हुने/नहुने निश्चित भने छैन। 

प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्बबहादुर खाती सदस्य छन्। न्याय सेवा ऐन २०७३ मा बहुमत सदस्यले निर्णय गर्न सक्ने व्यवस्था छ। ​

आयोगका सदस्यसमेत रहेका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की कात्तिक ७ गतेपछि प्रधानन्यायाधीशसँगकाे बैठकमा सहभागी भएका छैनन्। न्यायाधीशहरु प्रधानन्यायाधीशसँग इजलासमा समेत सँगै बसेका छैनन्। 

जसका कारण प्रधानन्यायाधीशले इजलासमा बसेर मुद्दाको सुनुवाइसमेत गर्न सकेका छैनन्। अदालतको पूर्ण बैठकसमेत प्रधानन्यायाधीशलाई अलग गरेर बस्न थालेको छ। आन्दोलित वकिलहरुले प्रधानन्यायाधीश राणाले बोलाएको बैठकमा सहभागी नहुन अन्य सदस्यलाई आग्रह गरेका छन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार