• शनिबार, साउन १६ २०८३

गण्डकीलाई प्रदेशमध्येकै अब्बल बनाउनुपर्छ : मुख्यमन्त्री पोखरेल


शुक्रबार, माघ १४ २०७८
985
Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशको समृद्धिका लागि कार्यक्रमका आधारमा सत्ता पक्ष र प्रतिपक्षी दल एकै ठाउँमा रहनुपर्ने बताएका छन्। 

राष्ट्रिय सभा सदस्य चुनावमा गण्डकी प्रदेशबाट निर्वाचित सदस्यलाई प्रदेश निर्वाचन कार्यालय पोखराले बिहीवार आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन्।

 

उनले गण्डकीलाई देशका सात प्रदेशमध्येमा अब्बल बनाउन राजनीतिक दल र नेतृत्वकाबीचमा व्यक्तिगत र व्यवहारमा मिठासपूर्ण सम्बन्ध आवश्यक रहेको बताए।

‘लोकतान्त्रिक मूल्य र मान्यतालाई कार्यरुप बनाउँदै नेतृत्वका बीचमा व्यक्तिगत मिठासपूर्ण व्यवहार हुन सके राम्रो सन्देश जानेछ,’ मुख्यमन्त्री पोखरेलले भने, ‘गण्डकी प्रदेशमा हिजोको परम्परा प्रतिपक्षी दलले निभाउने विश्वास गरेको छु।’कार्यक्रममा मुख्यमन्त्री पोखरेलले निर्वाचित सदस्यले संविधानको व्यवस्थाअनुसार ६ वर्षको कार्यकालमा देश, सरकार र जनताको हितमा काम गर्न आग्रह गरे।

 

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, नेकपा (एमाले) का प्रदेश अध्यक्ष नवराज शर्मा र माओवादी केन्द्र गण्डकीका अध्यक्ष गायत्री गुरुङ तथा प्रदेश निर्वाचन कार्यालय प्रमुख हुमनाथ पराजुलीले निर्वाचित सदस्यले देश, जनता र राष्ट्रको हितलाई सोचेर काम गर्ने विश्वास व्यक्त गरे।

राष्ट्रिय सभाको बुधवार भएको चुनावमा गण्डकी प्रदेशमा महिलातर्फ नेपाली कांग्रेसका कमला पन्त, अन्य समूहमा माओवादी केन्द्रका सुरेशकुमार आलेमगर र दलिततर्फ माओवादीका भुवनबहादुर सुनार विजयी भएका थिए। विजयी तीनै जना उम्मेदवारलाई मुख्यमन्त्री पोखरेल र निर्वाचन अधिकृत जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले प्रमाणपत्र वितरण तथा माला र खादा लगाएर सम्मान गरेका छन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार