• शुक्रबार, असोज २ २०८३

प्रधानमन्त्री र राष्ट्रपतिबीच शितलनिवासमा भेटवार्ता


बिहिबार, माघ १३ २०७८
625
Shares

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। आज अपरान्ह ३ बजेदेखि ४ बजेसम्म राष्ट्रपति निवास शितलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।

‘एक घन्टा कुराकानी भएको हो, यो नियमित भेटघाट हो,’ प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले भन्यो। स्थानीय चुनाव कहिले गर्ने भन्नेमा सत्तारूढ गठबन्धनमा छलफल भइरहेको छ।

स्थानीय तह निर्वाचन ऐन संविधानसँग बाझिएकोले संशोधन गर्नुपर्ने निष्कर्षमा सत्तागठबन्धन पुगेका छन्। आज प्रधानमन्त्री र राष्ट्रपतिबीच के-के विषयमा कुराकानी भएको भन्नेबारे प्रधानमन्त्रीको सचिवालयले खुलाएको छैन। भेटवार्तालाई नियमित भनिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार