• शुक्रबार, असोज २ २०८३

राष्ट्रियसभा बैठक सोमबार बस्ने


बिहिबार, माघ १३ २०७८
875
Shares

राष्ट्रिय सभाको बैठक आगामी माघ १७ गते सोमबार बस्ने भएको छ।

संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले बिहीबार एक सूचना प्रकाशित गर्दै माघ १७ गते सोमबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्ने गरी निर्धारण गरिएको जानकारी दिएका हुन्।

यसअघि माघ २ मा सूचना निकालेर अर्को सूचना जारी न भएसम्मका लागि बैठक स्थगित गरिएको थियो।

‘राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९१० बमोजिम सम्माननीय अध्यक्षज्यूले २०७८ साल माघ १७ गते सोमवार दिनको १ः०० बजे बैठक बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, सूचनामा भनिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार