• शनिबार, साउन १६ २०८३

राष्ट्रियसभा सदस्यमा विजयीलाई माधव नेपालको बधाई


बिहिबार, माघ १३ २०७८
590
Shares

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्यमा विजयी भएका नेताहरुलाई बधाई दिएका छन्।

नेता नेपालले बिहीबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रिय सभामा विजयीहरुको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन्। बुधबार भएको निर्वाचनमा एकीकृत समाजवादीको तर्फबाट राष्ट्रिय सभामा पाँच जना विजयी भएका छन्।

राष्ट्रियसभाको १९ पदको लागि बुधबार भएको निर्वाचनमा एकीकृत समाजवादीका उपाध्यक्ष जयन्ती राई, सचिव मदनकुमारी (गरिमा) शाह, केन्द्रीय सदस्यहरु उदय बोहरा, गोमा तिमिल्सिना र राजेन्द्र लक्ष्मी गैरे विजयी भएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार