• शनिबार, साउन १६ २०८३

राष्ट्रिय सभा निर्वाचन: गण्डकीमा गठबन्धनका तिनै जना उम्मेदवार विजयी


बुधबार, माघ १२ २०७८
885
Shares

गोरखा । राष्ट्रिय सभा निर्वाचनमा गण्डकीबाट गठबन्धनका तिनै जना उम्मेदवार विजयी बनेका छन् ।

बुधबार भएकाे निर्वाचनबाट सत्ता गठबन्धनका कमला पन्त, सुरेश बहादुर आले र भुवन सुनार विजयी भएका हुन् ।

जसमा महिलातर्फ गोरखाकी पन्तले कुल मत ३ हजार ८४ ल्याएर विजयी भएकी छन् । त्यस्तै गोरखाकै सुनारले ३ हजार ४८ मतभार ल्याए भने आलेले ३ हजार ९६ मतभार ल्याएर विजयी बनेका छन् ।

गण्डकीमा २ सय २९ मतदातामा रहेकाे गण्डकीमा २ सय २७ मत खसेकाे थियाे । जसमा राप्रपाबाट निर्वाचित भएका बागलुङका उपमेयर सुरेन्द्र खड्का र मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले मतदान गरेनन् ।

राप्रपाका उपमेयर खड्काले पार्टीकाे निर्देशन अनुसार भाेट नहालेकाे र विष्ट हाल अमेरिकामा रहेकाले मतदाताभन्दा दुई मत कम खसेकाे बताइएकाे छ । विष्ट स्वतन्त्र चुनाव जितेर एमाले प्रवेश गरेका थिए ।

यता एमालेबाट भने महिलामा लिला थनेत, खुलामा पुण्य पौडेल र दलितमा अर्जुनकुमार सुनामले उम्मेद्वारी दिएका थिए ।

तस्विर : समाधान

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार