
जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईलाई दोस्रो पटक कोरोना भाइरस संक्रमण भएको छ।
उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत दिएका छन्।

‘सतर्कताका बाबजुद मलाई कोभि-१९ ले पुन: संक्रमण गरेको छ। पीसीआर रिपोर्ट पोजेटिभ आएको छ’, उनले भनेका छन्, ‘लक्षण सामान्य छ। केही समययता निकट सम्पर्कमा आउनुभएकाहरू सतर्क रहनुहोला। केही दिन आइसोलेसनमा रहनेछु।’
यसअघि गत कात्तिक ८ गते पनि डा. भट्टराई र पत्नी हिसिला यमीलाई कोरोना संक्रमण भएको थियो।
