• शनिबार, साउन १६ २०८३

गण्डकीमा राप्रपा जनप्रतिनिधिले पार्टीको निर्देशन विपरीत गरिन् मतदान


बुधबार, माघ १२ २०७८
700
Shares

काठमाडौं । म्याग्दीको बेनी नगरपालिकाकी उपप्रमुख सञ्जु बरूवालले राष्ट्रियसभा सदस्य निर्वाचनमा आफ्नो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को निर्देशनविपरीत मतदान गरेकी छन् ।

बुधबार पोखरास्थित मतदान केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् । उनले मतदान गर्दै आफूलाई पार्टीको निर्देशनबारे आधिकारिक जानकारी नभएको बताइन् ।

मंगलबार बसेको राप्रपा पदाधिकारी बैठकले प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्न आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार