• शनिबार, साउन १६ २०८३

आज चुनाव भएको सबै ठाउँमा गठबन्धनले जित्छ: माधव नेपाल


बुधबार, माघ १२ २०७८
535
Shares

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज निर्वाचन भएको राष्ट्रिय सभाका सबै सिट सत्तारूढ गठबन्धनका उम्मेदवारले जित्ने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनबाट उठेका उम्मेदवारले जित्ने र यसबाट नयाँ तरंग पैदा हुने बताए।

‘आज राष्ट्रिय सभा चुनाव भइरहेको छ। गठबन्धनबाट उम्मेदवार छन्। हाम्रो पार्टीकै ५ जना उम्मेदवार हुनुहुन्छ,’ उनले भने, ‘हामीलाई आशा छ- सबै पदमा गठबन्धनले जित्छ र त्यसले तरंग पैदा गर्छ।’

रिक्त १९ पदमा भागबन्डा गरेर गठबन्धनले उम्मेदवार उठाएका थिए। १९ पदमा नेकपा एमालेले पनि उम्मेदवार उठाएको छ।

उनले स्थानीय तहलगायत चुनाव अब कहिले गर्ने भन्ने अहिले बहसको विषय भएको भन्दै संविधान अनुसार चुनाव हुनुपर्नेमा पार्टीको धारणा रहेको बताए।

‘संविधानलाई सर्वोपरि राखेर कानुनअनुसार चुनाव सम्पन्न हुनुपर्छ’ उनले भने, ‘एकै पटकमा तीनै तहकै चुनाव गर्न सके राम्रो हुन्छ, खर्च जोगिन्छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार