• शनिबार, साउन १६ २०८३

सीके राउतका कार्यकर्ताद्वारा जनप्रतिनिधि सवार गाडीमा तोडफोड


बुधबार, माघ १२ २०७८
545
Shares

सीके राउतका कार्यकर्ताले राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन आएका जनप्रतिनिधि सवार गाडीमा तोडफोड गरेका छन् ।

बुधबार सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाई र उपप्रमुख रेणुका पौडेल सवार सरकारी नम्बर प्लेटको गाडी प्रदर्शनकारीहरुले तोडफोड गरेका हुन् । राष्ट्रियसभा सदस्य पदका लागि मतदान गर्न नगर प्रमुख प्रसाई र उपप्रमुख पौडेल प्रदेश २–०३–००१ झ ००२० नम्बरको गाडीमा चढेर जनकपुर गइरहेका थिए ।

सोही क्रममा जनकपुरधामस्थित राम चोकमा जनमत पार्टीका कार्यकर्ताले गाडीमा तोडफोड गरेका हुन् । नगर प्रमुख प्रसाईलाई चोट समेत लागेको जनाइएको छ ।

धनुषा प्रहरीले जनमत पार्टीका केही कार्यकर्तालाई नियन्त्रणमा लिएको छ भने प्रदर्शन तितरबितर तुल्याउन कयौँ राउण्ड अश्रुग्याँस प्रहार भएको छ । जनकपुरधाममा आज बिहानैदेखि मल खाद्य देऊ, मत लेऊ भन्दै किसानका नाममा सीके राउतका कार्यकर्ताले आन्दोलन गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार