काठमाण्डाै । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अब्दुल सत्तारलाई काेराेना संक्रमण भएकाे छ । केहि दिन अघिदेखि हल्का ज्वराे आएर हाेम आइसाेलेसनमै रहेका सत्तारलाई आज मंगलबार संक्रमण पुष्टि भएकाे हाे ।
उनले आज पिसिआर परिक्षण गर्दा रिपाेर्ट पाेजेटिभ आएकाे सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।
हाल स्वास्थ्य अवस्था सामान्य रहेकाे र चिकित्सककाे सल्लाह लिएर घरमै आराम गरिररहेकाे उनले बताए । साथै उनकाे परिवारका अन्य सदस्यमा समेत संक्रमण पुष्टि भएकाे बताइएकाे छ ।
केन्द्रिय सदस्य सत्तारले १० दिन यता आफ्नाे सम्पर्कमा आएकाहरुलाई सचेतता अपनाउन समेत आग्रह गरेका छन् ।