• शनिबार, साउन १६ २०८३

भोलि हुने राष्ट्रियसभा निर्वाचनकाे सम्पूर्ण तयारी पूरा


मंगलबार, माघ ११ २०७८
1.5K
Shares

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको सबै तयारी पूरा भएको बताएको छ। भाेली बुधबार (माघ १२) गते हुने राष्ट्रियसभा चुनाव कोरोना संक्रमणबीच हुन लागेको हो।

राष्ट्रियसभामा रिक्त हुने केही सिटका लागि निर्वाचन हुन लागेको हो। आयोगले मतदानका लागि सातवटै प्रदेशका मतदान केन्द्रले तयारी पूरा गरेका हुन्।

राष्ट्रिय सभाका १९ सांसदको फागुन २० गते पदावधि सकिँदैछ। पदावधि सकिनु भन्दा एक महिना अगाडि नै चुनाव हुन लागेको हो।

आयोगले बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकेको छ। मतदानका लागि आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ।

राष्ट्रियसभा निर्वाचनमा सात प्रदेशबाट दुई हजार २५ जनाले मतदान गर्नेछन्। चुनावमा पाँच सय ३२ जना प्रदेशसभा सदस्य र १४ सय ९३ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्। राष्ट्रिय सभामा रिक्त १९ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार