• शनिबार, साउन १६ २०८३

मुल्यबृद्धिकाे बिरोधमा एमाले निकट युवाकाे प्रदर्शन, १ घण्टा पेट्राेल पम्पमा अबराेध


सोमबार, माघ १० २०७८
1.5K
Shares

गोरखा । पेट्रोलियम पदार्थमा भएकाे मुल्यबृद्धिकाे बिराेधमा गोरखामा प्रदर्शन भएकाे छ । नेकपा एमाले निकट युवाहरुले गोरखामा मुल्यबृद्धिकाे बिरोधमा प्रदर्शनमा गरेका हुन् ।

साेमबार एमाले निकट विधार्थी संगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघकाे संयुक्त आयाेजनामा गोरखा सदरमुकाममा बिराेध प्रदशर्नका साथै मूल्यवृद्धी फिर्ता लिन माग गर्दै प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाइएकाे छ ।

बिराेध प्रदर्शनका क्रममा अनेरास्ववियु र युवा संघले गोरखा सदरमुकाममा रहेकाे पेट्राेलपम्पमा एक घण्टा अवराेध समेत गरेका थिए । बिराेध प्रदर्शनलाई युवा संघका गण्डकी प्रदेश सहइन्चार्ज खिल बहादुर रानामगर, जिल्ला इन्चार्ज भिम सुनार, जिल्ला अध्यक्ष सचित राेका, अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य प्रविण श्रेष्ठ, जिल्ला संयाेजक सुजन सिंखडा लगायतले सम्बाेधन गरेका थिए ।

प्रर्दशनमा उत्रिएका उनिहरुले पेट्रोलियम पदार्थको मुल्ययबृद्धि खारेज गर, दैनीक उपभोग्य पदार्थको मुल्यबृद्धि फिर्ता गर, परमादेशी सरकार मुर्दावाद, भारतीय बिस्तारवाद मुर्दावाद, प्रतिक्रियावादी शक्ति मुर्दावाद, लगायतका नाराबाजी गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार