• मंगलबार, असोज १३ २०८३

एमाले अध्यक्ष ओली र पत्नी राधिकालाई कोरोना संक्रमण


आइतबार, माघ ९ २०७८
895
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ।

केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएपछि शनिबार टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको हो। यस्तै अध्यक्ष ओली पत्नी राधिका शाक्यलाई पनि संक्रमण देखिएको छ।

हाल उनी बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन्।

कोरोना संक्रमित भएसँगै पूर्व निर्धारित सबै कार्यक्रम स्थगित भएका छन्। आज ओलीले पत्रकार सम्मेलनसमेत गर्ने भएका थिए। 

यसअघि उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई पनि कोरोना संक्रमण देखिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार