• शनिबार, साउन १६ २०८३

तीनै तहको निर्वाचन एकैपटक गर्न माओवादीले वातावरण बनाउने


शनिबार, माघ ८ २०७८
600
Shares

नेकपा (माओवादी)केन्द्रले तीनै तहको निर्वाचन एकैपटक गर्न वातावरण बनाउने भएको छ ।

शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको निवर्तमान स्थायी कमिटी सदस्य तथा आयोगका अध्यक्षहरुको बैठकले स्थानीय तह, प्रदेश र संघीय निर्वाचन एकैपटक गर्नका लागि आवश्यक परामर्श गरेर वातावरण बनाउने निर्णय गरेको हो ।

प्रवक्ता कृष्णबहादुर महराले आर्थिक मितव्ययीताका लागि तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्नेमा आफ्नो पार्टीको धारणा रहेको र यसमा आवश्यक परामर्श गरिने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार