• शनिबार, साउन १६ २०८३

कांग्रेसले स्थगित गर्‍यो १६ जिल्ला अधिवेशन


शुक्रबार, माघ ७ २०७८
705
Shares

नेपाली कांग्रेसले १६ जिल्लाको जिल्ला अधिवेशन फेरि स्थगित गरेको छ। यही माघ १५ गतेका लागि अधिवेशन गर्ने मिति तय भएको थियो।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ।

कोरोना महामारीका कारण जिल्ला अधिवेशन स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ।

प्रदेश नम्बर २ का ८ जिल्लासहित सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा जिल्ला अधिवेशन हुन बाँकी छ।

कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत ६१ जिल्ला अधिवेशन भने यसअगाडि नै गरिसकेको थियो।

हेर्नुस् सूचना:

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार