• शनिबार, असोज ३ २०८३

पीसीआर परीक्षण निशुल्क गर्न नेविसंघको माग


शुक्रबार, माघ ७ २०७८
685
Shares

सत्तारूढ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कोरोना भाइरस संक्रमण परीक्षण (पीसीआर) निःशुल्क गराउन सरकारसँग माग गरेको छ।

नेविसंघका महामन्त्री बलदेव तिमल्सिना शुक्रबार बिहान विज्ञप्ति जारी गरी हाल संक्रमण दर उच्च भएको र परीक्षण व्यापक बनाउनुपर्ने देखिएकाले देशभरका स्वास्थ्य संस्थामा निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्। 

‘प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाइएको सकारात्मक कदमको सह्राना गर्दै पीसीआर परिक्षण पूर्ण निःशुल्क गराउन सरकार तथा स्वास्थ्य मन्त्रालयसँग माग गर्दछु’, विज्ञप्तिमा भनिएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार