• शनिबार, साउन १६ २०८३

देशको भाषा, धर्म र संस्कृतिको रक्षा गर्ने चुनौती थपियोः देव गुरुङ


बिहिबार, माघ ६ २०७८
1.5K
Shares

काठमाण्डाै । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता देव गुरुङले देशमा सांस्कृतिक अतिक्रमण हुने खतरा रहेकाले त्यसका विरुद्ध सजग हुनुपर्ने बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गुरुङले विश्वव्यापीकरणको कारण देशको भाषा, धर्म र संस्कृतिको रक्षा गर्ने चुनौती थपिएको बताए । 

अन्तर्राष्ट्रिय रुपमा हाबि भइरहेका संस्कार, संस्कृति र चिन्तनहरूले नेपाली संस्कार र संस्कृतिहरूलाई विस्थापित अथवा निरुत्साहित पार्ने खतरा रहेको उनले बताए । 

नेता गुरुङले सांस्कृतिक अतिक्रमणका विरुद्धमा सजग रहनुपर्नेमा जोड दिए ।

उनले देशभित्रका पनि एउटा समुदायले अर्को समुदायको संस्कार र संस्कृतिको अतिक्रमण गरिरहेको उल्लेख गर्दै त्यसबाट पनि सजग रहनुपर्ने बताए । 

उनले नेपाली जनताले अंगिकार गरेको सबै भाषा, संस्कुतिलाई समान रुपमा मान्यता स्थापित गर्दै संकार र संस्कृतिको संरक्षण गर्नुपर्ने बताए । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार