• शनिबार, साउन १६ २०८३

पेट्रोलियम पदार्थकाे मुल्य तत्काल घटाउ : नेविसंघ गोरखा


बिहिबार, माघ ६ २०७८
865
Shares

गोरखा । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धीको फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघ गोरखाले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएकाे छ ।

विहिबार नेविसंघ गोरखाका अध्यक्ष सुवास अधिकारी सहितको टोलीले प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पठाएको हो ।

नेपाल सरकारले हिजाे मात्रै पेट्रोलियम पदार्थमा गरेको मृल्यवृद्धिप्रति ध्यानाकर्षण भएको भन्दै नेविसंघले तत्काल निर्णय फिर्ता लिन माग गरेकाे हाे ।

‘खडगप्रसाद ओली सरकारको एक पछि अर्को गलत रवैयाका कारण निराश नेपाली जनता बर्तमान सरकारको निर्माण पछि उत्साहित बनेको तर खाद्य पदार्थहरुमा भइरहेको निरन्तर मृत्यवृद्धि नियन्त्रणमा कुनै तदारुकता नदेखाई पेट्रोलियम पदार्थमा एक पछि अर्को पटक गरिएको मुल्यवृद्धि तत्काल फिर्ता नलिए नेपाल विद्यार्थी संघ गोरखा चरणबद्ध आन्दोलनमा होमिने स्पष्ट पार्न चाहान्छौ’ नेविसंघले ज्ञापन पत्रमा बनेकाे छ ।

साथै नेविसंघ गोरखाले मुलुक पछिल्लाे समय काेराेना भाइरसबाट आक्रान्त भइरहेकाले त्यतातिर ध्यान दिन समेत सरकारलाई आग्रह गरेकाे छ ।

नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३/३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो । नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ । यसैगरी एक लिटर डिजल र मट्टीतेलको मूल्य समान १२२ रुपैयाँ पुगेको छ ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ आचार्यले तत्कालै प्रधानमन्त्री कार्यालयमा पत्र पठाउने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार