• शनिबार, साउन १६ २०८३

मन्त्री रेणु यादवले दिइन् सीके राउतलाई ज्यान मार्ने धम्की


बिहिबार, माघ ६ २०७८
660
Shares

गौर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले हिंसा भड्काउने अभिव्यक्ति दिएकी छन् । जनता समाजवादी पार्टीकी नेता समेत रहेकी यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई आफूहरुसँग टकराए मारिने सक्ने धम्की दिएकी हुन् । बलिदानी दिवस मनाउन गौर पुगेकी उनलाई राउतका कार्यकर्ताले अवरोध गर्न खोजेका थिए ।

अवरोध छिचोल्दै कार्यक्रममा पुगेकी उनले राइस मिल घटना दोहोरिन सक्ने चेतावनी दिएकी हुन् । ७ चैत २०६३ मा राइसमिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले छुट्टैछुट्टै कार्यक्रम राखेका थिए । त्यसक्रममा भएको हिंसात्मक घटनामा तत्कालीन नेकपा माओवादीका २८ कार्यकर्ताको हत्या भएको थियो ।

जसपा नेता एवं मन्त्री यादवले सम्बोधनका क्रममा पटकपटक राइस मिल घटना नबिर्सन आग्रह गरिन् । ‘राइस मिल अहिले पनि जीवित छ, गौरमा फणा देखाउने प्रयास नगर’ उनले भनिन्, ‘लाठी भाँच्न यहाँका मानिसले जानेका छन् ।’बलिदानी दिवसमा हिंसा नगर्ने भन्दै उनले भनिन्, ‘तुफानसँग टकराउने प्रयास गर्यो भने तपाईको त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार