• शनिबार, साउन १६ २०८३

राष्ट्रिय सभा निर्वाचन : कोरोना संक्रमितले पनि मतदान गर्न पाउने


बिहिबार, माघ ६ २०७८
605
Shares

माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचनमा कोरोना संक्रमित भएका मतदाताले पनि मतदान गर्न पाउने भएका छन्।निर्वाचन आयोगले बुधबार जारी गरेको १९ बुँदे स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डअनुसार कोरोना संक्रमित भए पनि मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ।

संक्रमण देखिएका मतदाताका लागि बेग्लै मतदान स्थल बनाइनेछ भने मत खसाल्न बेग्लै बाकससमेत राख्ने व्यवस्था छ। साथै मतदान केन्द्रहरूमा स्वास्थ्यकर्मीको टोली राख्ने तयारी छ। राष्ट्रिय सभामा रिक्त १९ रिटका लागि निर्वाचन गर्न लागिएको हो।

यस निर्वाचनका लागि गाउँपालिका प्रमुख तथा उपप्रमुख र नगरपालिकाका प्रमुख तथा उपप्रमुख र प्रदेश सभा सदस्य मतदाता हुन्छन्। २०२५ जना मतदाता छन्।१९ पदका लागि विभिन्न दलबाट ४३ जनाको उम्मेदवारी परेको छ।

मुख्यगरी सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ।सत्तागठबन्धनले भागबन्डा गरी १९ पदका लागि उम्मेदवार उठाएका छन् भने एमालेले १९ जना नै उम्मेदवार उठाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार