• शनिबार, असोज ३ २०८३

बालुवाटारमा सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बस्दै


बिहिबार, माघ ६ २०७८
685
Shares

सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक आज बस्ने भएको छ। संयोजक रामचन्द्र पौडेलसहित सत्तागठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताहरू बैठकमा सहभागी हुनेछन्।आज अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो।दुई दिनअगाडि पनि राजनीतिक समन्वय समितिको बैठक बसेको थियो।

उक्त बैठकमा समयमै स्थानीय तह निर्वाचन गर्नेबारे सहमति भएको थियो। चुनावको मिति तय गर्नेबारे छलफल गर्न आज पनि बैठक बस्न लागेको स्रोतले जनाएको छ। स्थानीय तह वा संघीय कुन चुनाव वैशाखमा गर्ने भन्ने निर्णय भइसकेको छैन। स्थानीय तह निर्वाचन ऐनअनुसार स्थानीय तह निर्वाचन पहिले गर्नुपर्ने हुन्छ।

सत्तागठबन्धनले गठन गरेको समन्वय समितिमा पाँच दलका दुई/दुई जना गरी १० र एक मन्त्रीसहित ११ सदस्य छन्। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि बस्ने गरेका छन्।निर्वाचन आयोगले वैशाखमा स्थानीय तह निर्वाचन गर्न सिफारिस गरेको छ। तर सरकारले अहिलेसम्म मिति घोषणा गरेको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार