• बुधबार, साउन १३ २०८३

कांग्रेस महामन्त्री शर्मालाई पुन: कोरोना संक्रमण


बुधबार, माघ ५ २०७८
650
Shares

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई पुन: कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नेपालमा तेस्रो लहर तीव्र गतिमा फैलिरहेका बेला बुधबार ललितपुरको मेडिसिटी अस्पतालमा पीफसीआर परीक्षण गराउँदा आफूलाई कोरोना पोजेटिभ भएको शर्माले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। 

आठ महिनाअघि दोस्रो लहरका क्रममा पनि शर्मा संक्रमित भएका थिए।  शर्माले आठ महिनापछि आफूसहित परिवारका सदस्यलाई फेरि कोरोना संक्रमण भएको जानकारी दिएका छन्। 

शर्माले सार्वजनिक कार्यक्रममा सहभागितका क्रममा स्वास्थ्य मापदण्ड पालना र आवश्यक सतर्कता नअपनाउँदा आफूलाई कोरोना संक्रमण भएको उल्लेख गरेका छन् । त्यसका लागि उनले सामाजिक सञ्जालमै आत्मआलोचना पनि गरेका छन्। मंसिरमा भएको १४ औँ महाधिवेशनपछि सक्रियता बढाएका शर्मा जिल्ला दौडाहामा पनि थिए। 


फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार