• शनिबार, साउन १६ २०८३

राष्ट्रियसभाका अध्यक्षलाई पनि कोरोना संक्रमण


बुधबार, माघ ५ २०७८
1.4K
Shares

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई पनि कोरोना संक्रमण भएको छ। तीन दिनदेखि कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण देखिएपछि मंगलबार गरिएको आरटी-पीसीआर परीक्षणमा उनलाई कोरोना पोजेटिभ हो।

तिमल्सिनाका प्रेसविज्ञ अशोक पौडेलका अनुसार उनको स्वास्थ्यअवस्था सामान्य रहेको छ।उनी अहिले बालुवाटारस्थित सरकारी निवासमा स्वास्थ्यलाभ गरिरहेका पौडेलले बताए।

सचिवालयले उनको प्रत्यक्ष सम्पर्कमा रहेका सबैले स्वास्थ्य सतर्कता अपनाउन र लक्षण देखिए कोरोना परीक्षण गर्न पनि भनेको छ।स्वास्थ्यकर्मीको सल्लाहअनुसार तिमल्सिना केही दिन निवासमै आइसोलेशनमा रहने भएका छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार