• शनिबार, असोज ३ २०८३

बागलुङमा जनमोर्चाका कार्यकर्ताले कांग्रेस कार्यकर्ता कुटे


बुधबार, माघ ५ २०७८
995
Shares

बागलुङ जिल्लाको जैमिनी नगरपालिका–४ का लेखबहादुर थापामाथि राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले सांघातिक आक्रमण गरेको भन्दै नेपाली कांग्रेस बागलुङ र नेपाल तरुण दल बागलुङले भत्र्सना गरेको छ।

कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचन र नेपाल तरुण दल बागलुङका अध्यक्ष उमाकान्त शर्माले आज छुट्टाछुट्टै विज्ञप्ति जारी गरी नेपाल तरुण दल जैमिनीका अध्यक्ष एवं कांग्रेस गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधिसमेत रहेका थापामाथि यही माघ २ गते कुश्मीसेरा बजारमा दिन दहाडै सांघातिक आक्रमण गरी मरणासन्न अवस्थामा पु¥याएको भन्दै उक्त घटनाको घोर भत्र्सना गरेका हुन्।

‘दिन दहाडै कुश्मीसेरा बजारमा लेखबहादुर थापामाथि भएको आक्रमणले कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ, उक्त आततायी घटनाको कांग्रेस बागलुङ घोर निन्दा र भत्र्सना गर्दछ’, सभापति शेरचनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

राजमो कार्यकर्ताको आक्रमणबाट गम्भीर घाइते भएका थापाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको भन्दै कांग्रेसले उक्त निन्दनीय घटनामा संलग्न दोषीलाई यथाशीघ्र कानूनी कारबाही बढाउन माग गरेको छ। यसैबीच नेपाल तरुण दल बागलुङका अध्यक्ष शर्माले जारी गरेको विज्ञप्तिमा पनि घटनामा संलग्न दोषीलाई यथाशीघ्र कानूनी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार