• शनिबार, साउन १६ २०८३

बालुवाटारमा उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी


मंगलबार, माघ ४ २०७८
870
Shares

सरकार सञ्चालनका लागि सुझाव दिन गठित  उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा पौने दश बजेबाट सुरु भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

सत्तारुढ दलका शीर्ष नेताहरू सहभागी बैठकमा स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई सुझाव दिने तयारी छ । साथै कोरोना नियन्त्रणलगायतका विषयमा पनि छलफल हुने बताइएको छ । काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार भेटवार्तापछि राजनीतिक समन्वय समितिको बैठक आजलाई तय भएको हो ।

सरकार सञ्चालनमा सहयोग गर्न काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा काँग्रेसका कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव  सदस्य छन् ।

साथै राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल पनि समितिमा सदस्य छन् । आजको बैठकमा अध्यक्ष नेपाल कोरोनाका कारण उपस्थित भएका छैनन् ।


फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार