• शनिबार, साउन १६ २०८३

एमालेले थाल्यो सदस्य मनोनयन, संगठन विभागमा को को ?


सोमबार, माघ ३ २०७८
630
Shares

नेकपा एमालेले विभाग गठनलाई अघि बढाएको छ। एमालेले तीनवटा विभागमा सदस्य मनोनयन थालेको हो। 

एमाले केन्द्रीय कार्यलयका अनुसार पार्टीको गत पुस १८ गते बालकोटमा बसेको सचिवालयको बैठकले विभागमा सात नेताहरुलाई मनोनित गर्ने निर्णय गरेको थियो।

संगठन विभाग सदस्यहरूमा भानुभक्त ढकाल, देवराज घिमिरे, कर्ण थापा, यामलाल कँडेल, लीला गिरी, जगत विश्वकर्मा र ज्वाला कुमारी साहलाई मनोनित गरिएको हो। 

मंसिर २५ र २६ गतेको  बैठकले स्थायी कमिटी सदस्य खगराज अधिकारीलाई संगठन विभाग प्रमुख बनाएको थियो।

एमालेको विधानमा हरेक विभागमा बढीमा २५ जना सदस्य हुने व्यवस्था छ। अन्य सदस्यहरु आवश्यकता अनुसार थप्न सकिने संगठन विभाग प्रमुख प्रमुख अधिकारीले बताएका छन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार