• शनिबार, साउन १६ २०८३

प्रदेश मन्त्री दीपक मनाङेलाई पनि कोरोना संक्रमण


सोमबार, माघ ३ २०७८
620
Shares

गण्डकी प्रदेशका  युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेलाई पनि कोरोना संक्रमण भएको छ।केही दिनदेखि बिरामी परेका उनको आइतवार गरिएको पीसीआर परीक्षणबाट कोरोना पुष्टि भएको हो। 

उनले कोरोना संक्रमण भएपछि मन्त्रालय तथा सार्वजनिक कार्यक्रम, भेटघाटका कार्यक्रममा उपस्थित हुन नसक्ने पनि बताएका छन्। 

उनले आफ्नो स्वास्थ्यावस्था सामान्य रहेको बताउँदै चाँडै निको हुने पनि विश्वास व्यक्त गरेका छन्। उनले आफूलाई संक्रमण भए पनि अरुलाई स्वास्थ्यका सबै मापदण्ड पालना गर्न पनि अपिल गरेका छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार