
यही माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र तयार गरेको छ।निर्वाचनका लागि हरियो र रातो गरी दुई रंगका मतपत्रको छपाइ सकिएको आयोगले जनाएको छ।
राष्ट्रिय सभाको रिक्त १९ पदका लागि निर्वाचन हुन लागेको हो। स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सदस्यहरुले राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न पाउने छन्।स्थानीय तहका प्रमुख तथा उपप्रमुखको लागि रातो र प्रदेश सभा सदस्यका लागि हरियो रङका मतपत्र छपाइ गरिएको हो।

