• शनिबार, साउन १६ २०८३

निर्वाचन आयाेगलाई मुस्लिम संघकाे पत्र: ‘स्थानीय तहकाे प्रस्तावित चुनावकाे मिति पुनर्विचार गरियेास्’


आइतबार, माघ २ २०७८
910
Shares

काठमाडाैँ । नेपाली काँग्रेसकाे भातृ संगठन नेपाल मुस्लिल संघले निर्वाचन आयोगलाई पत्र लेख्दै आगामी वैशाखमा प्रस्ताव गरेको स्थानीय तहको निर्वाचनको मितिमा पुनर्विचार गर्न आग्रह गरेको छ।

संघका उपसभापति अताबुल मन्सुरीले आयोगलाई पत्र पठाउदै प्रस्तावित स्थानीय तहकाे निर्वाचन मितिमा मुस्लिम समुदायकाे रमजान अर्थात एक महिने व्रत रइद समेत पर्ने भएकाले मितिबारे पुनर्विचार गर्न अनुराेध गरेका हुन ।

निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचन आगामी विसं २०७९ वैशाख १४ र २० गते प्रस्ताव गरेकामा त्यस समयमा मुस्लिम समुदायको रमजान ब्रत तथा इद पर्वपर्ने भन्दै सो मितिमा पुनर्विचार गर्न नेपाल मुस्लिम संघले आग्रह गरेको हो।

आगामी चैतको १९ गतेदेखि वैशाखको २० गते एक महिनासम्म मुस्लिम समुदायको रोजा उपासना र इद पर्व परेकाले प्रस्तावित निर्वाचनमा उम्मेदवार बन्न तथा मतदानकै लागि पनि मुस्लिम समुदायलाई गाह्रो पर्ने पत्रमा बताइएकाे छ । त्यसैले प्रस्तावित उक्त निर्वाचनको मितिमा पुनर्विचार गर्न सङ्घले निर्वाचन आयोग र नेपाल सरकारसँग आग्रह गरेको हो।

यता नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले नेपालको करिब पाँच प्रतिशत रहेको मुस्लिम समुदायका नागरिकलाई उक्त प्रस्तावित मितिको निर्वाचनमा उम्मेदवार बन्न तथा मतदानकै लागि पनि गाह्रोपर्ने भन्दै सो मितिमा पुनर्विचार गर्न आग्रह गरेका छन्।

संघका संस्थापक अध्यक्ष समेत रहेका सत्तारले भने, ‘मतदान गर्नै गाह्रो हुने त होइन तर पनि महिना दिनसम्म उपासनाको पर्व परेकाले उम्मेदवार बन्न या निर्वाचन प्रचारकै लागि पनि समस्या हुने भएकाले यस व्यावहारिकतालाई मध्यनजर गरी यसमा पुनर्विचार होस् भनी म निर्वाचन आयोग र नेपाल सरकारलाई आग्रह गर्दछु।’

हेर्नुस पत्र

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार