• शनिबार, साउन १६ २०८३

स्थानीय तहको चुनाव वैशाख १४ गतेभित्रै गर्न सुझाव


शुक्रबार, पुष ३० २०७८
1.1K
Shares

राजनीतिक दलका नेताले स्थानीय तहको निर्वाचन समयमै गराउने पहल गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् ।

आज आयोगको कार्यालयमा भएको सर्वदलीय बैठकमा नेताहरूले तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने सुझाव दिएका हुन् ।

शुक्रबार राष्ट्रिय सभा निर्वाचन, मतदाता नामावली र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा बोल्दै दलका नेताहरूले आगामी वैशाख १४ गतेभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न हुने गरी मिति घोषणा गर्न ढिलाइ नगर्न सरकारलाई आग्रह गरेको हो।

निर्वाचन आयोगले यसअघि नै सरकारलाई जेठ ५ गते अघि नै स्थानीय तहमा नयाँ जनप्रतिनिधिहरूले पदबहाली गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै जेठ १४ गते एकै चरण वा दुई चरणमा गर्ने भए जेठ १४ गते र २२ गते गर्न सरकार समक्ष प्रस्ताव गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार