• शनिबार, साउन १६ २०८३

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै


शुक्रबार, पुष ३० २०७८
530
Shares

निर्वाचन आयोगको आह्वानमा आज (शुक्रबार) सर्वदलीय बैठक बस्दैछ ।

राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आयोगले बिहान ११ बजे बैठक बोलाएको हो ।

बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

उनका अनुसार संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दल बैठकमा सहभागी हुनेछन् ।

१२ माघमा राष्ट्रियसभा निर्वाचन हुँदैछ । स्थानीय तहमा पहिलो कार्यकाल पूरा हुन थाल्दा निर्वाचनको तयारी आयोगले थालेको छ ।

निर्वाचन अगाडि मतदाता नामावली संकलनलगायतका विषयमा आयोगले छलफल गर्न लागेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार