• शनिबार, साउन १६ २०८३

५२ जिल्लामा छानिए एमाले नेतृत्व, कुन जिल्लामा को अध्यक्ष?


मंगलबार, पुष २७ २०७८
815
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले ५२ जिल्लामा नयाँ नेतृत्व छानेको छ। 

गत शुक्रबार एकसाथ ६३ जिल्लामा अधिवेशन उद्घाटन गरेको एमालेले अहिलेसम्म भौगोलिक र गैरभौगोलिकसहित ५२ जिल्लामा पार्टी नेतृत्व टुंगो लगाएको हो।

अधिवेशनबाट धेरै जिल्लामा सर्वसम्मत नेतृत्व छानिएका छन्। केही जिल्लामा निर्वाचनबाट नेतृत्वको टुंगो लगाइएको एमालेले जनाएको छ।

अध्यक्ष केपी शर्मा ओलीले गएको शुक्रबार ६३ जिल्लाको अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गरेका थिए।

यी हुन् एमालेका जिल्ला अध्यक्ष

प्रदेश १
१. झापा-दीपक कार्की 
२. पाँचथर-राजकुमार भण्डारी
३. इलाम- महेश बस्नेत 
४. धनकुटा-इन्द्रमणि पराजुली 
५. तेह्रथुम-तेजमान कन्दङवा 
६. मोरङ-ऋषिकेश पोखरेल 
७. भोजपुर-शरण राई 
८. खोटाङ-रामप्रसाद दंगाल 
९. सोलुखुम्बु- डुफकुमार बाँस्तोला 
१०. उदयपुर- परमेश्वर घिमिरे 
११. ओखलढुंगा–शंकर कटुवाल
१२. ताप्लेजुङ : भुपेन्द्र थेबे

प्रदेश २
१. सिरहा- बिन्देश्वर मण्डल
२. सप्तरी-ताराकान्त चौधरी

बागमती
१. काभ्रेपलाञ्चोक-अशोक ब्याञ्जु 
२. धादिङ-भूमि त्रिपाठी 
३. रसुवा-कर्णेल तामाङ 
४. भक्तपुर-बचन देउजा 
५. नुवाकोट-बद्री मैनाली
६. रामेछाप-आनन्दकुमार श्रेष्ठ
७. मकवानपुर-एकलाल श्रेष्ठ 
८. ललितपुर-पुरुषोतम आचार्य
९.  काठमाडौँ-दीपक निरौला 
१०. दोलखा: नरबहादुर श्रेष्ठ 
११. सिन्धुली- कुमारबहादुर कार्की 

गण्डकी
१. गोरखा-प्रेम गुरुङ 
२. म्याग्दी-देवेन्द्र केसी 
३. तनहुँ-श्रीप्रसाद श्रेष्ठ 
४. पर्वत-राजु पौडेल 
५. बागलुङ- हिराबहादुर केसी 
६. लमजुङ-कृष्णप्रसाद अधिकारी 
७‍. नवलपुर-मुक्ति पाण्डे

लुम्बिनी
१. कपिलवस्तु-डम्मर शर्मा
२. अर्घाखाँची-पिताम्बर भुसाल 
३. गुल्मी-बालकृष्ण काउछा मगर 
४. बाँके-किस्मत कुमार कक्षपति 
५. दाङ-हुकुमबहादुर बस्नेत 
६. बर्दिया-लालबहादुर श्रेष्ठ 
७. नवलपरासी (पश्चिम)-दीपेन्द्र अधिकारी
८. पाल्पा-धनेन्द्रराज घिमिरे 
९. रुपन्देही-तेजेन्द्र केसी 
१०. प्युठान-विजय विराज विष्ट 

कर्णाली
१. डोल्पा-शेरबहादुर बुढा 
२. सल्यान-गोविन्द पुन मगर 
३. जुम्ला-शान्तिलाल महत
४. रुकुम-नन्दराम देवकोटा

सुदूरपश्चिम
१. डडेल्धुरा-प्रकाश साउद 
२. बैतडी- सुरेन्द्र पाल 
३. डोटी-चक्र मल्ल
४. कैलाली-रतन थापा 

गैरभौगोलिक जिल्ला

१. पेशागत विशेष-उमेश ढकाल
२. मजदुर विशेष-जितेन्द्र श्रेष्ठ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार