
गोरखा । ३ सयाै पृथ्वी जयन्तीका अवसरमा गोरखामा आज बिभिन्न निकायले दिनभर कार्यक्रम आयाेजना गर्दैछन् । दिवशलाई भव्यरुपमा बनाउन गोरखाका ११ मध्ये ५ स्थानीय तहले सार्वजानिक विदा नै दिएर बिभिन्न आौपचारिक कार्यक्रमहरु आयाेजना गरेका छन् ।
आज विशेष गरी पृथ्वी जयन्तीका अवसरमा गोरखा नगरपालिकाले बिभिन्न कार्यक्रम आयाेजना गर्दैछ । दिउँसाे १४ वटै वडाबाट आएका झाँकीसहितकाे र्यालिले गोरखा सदरमुकाम परिक्रमा गर्नेछ भने आौपचारिक कार्यक्रम भने गोरखा संग्रहालयभित्र रहेकाे राजा पृथ्वी नारायण शाहकाे शालिक स्थलमा हुने नगरप्रमुख राजनराज पन्तले बताए ।


कार्यक्रममा नेपाल एकिकरणमा पृथ्वी नारायण शाह याेगदान र भुमिकाका बारे चर्चा हुनेछ । त्यस्तै बेलुका साढे ५ बजे नेपाल पत्रकार महासंघ गोरखाकाे आयाेजनामा साेही शालिक स्थलमा दिपप्रज्वलन समेत हुने महासंघका अध्यक्ष नरहरी सापकाेटाले जानकारी दिए ।
यसैगरी दिवशकै अवसरमा पालुङ्गटार नगरपालिका, सिरानचाेक, अजिरकाेट र भिमसेन थापा गाउँपालिका लगायतले समेत बिभिन्न आौपचारिक कार्यक्रमकाे आयाेजना गरेकाे बताइएकाे छ । त्यस्तै राप्रपा नेपालले समेत सदरमुकाममा र्याली सहितकाे कार्यक्रम गर्ने जनाएकाे छ ।

