
गोरखा । आज ३ सयाै पृथ्वी जयन्ती । नेपाल एकिकरणका पिता भनेर चिनिने राजा पृथ्वी नारायण शाहकाे ३ सयाै जन्मजयन्तीका अवसरमा गोरखाका ११ मध्ये ५ स्थानीय तहले सार्वजानिक विदा दिएका छन् ।
शाहले नेपाल एकिकरणमा दिएकाे याेगदानकाे कदर गर्दै गोरखाका पाँच स्थानीय तहले सार्वजानिक विदा दिने निर्णय गरेकाे बताएका छन् ।


दिवशका अवसरमा आज सार्वजानिक विदा दिने स्थानीय तहमा गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका, सिरानचाेक गाउँपालिका, अजिरकाेट गाउँपालिका र भिमसेन थापा गाउँपालिका रहेका छन् ।
उनिहरुले कार्यपालिका बैठककाे निर्णयबाट विदा घाेषणा गरिएकाे सूचना मार्फत जानकारी गराएका छन् । त्यस्तै सार्वजानिक विदा दिइएका पालिकाहरुले दिवशका अवसरमा बिभिन्न आौपचारिक कार्यक्रम समेत आयाेजना गर्ने बताएका छन् ।