• शनिबार, साउन १६ २०८३

एमाले गोरखाको अधिवेशन सकियाे, यस्ताे बन्याे जिल्ला कमिटी (नामसहित)


सोमबार, पुष २६ २०७८
1.1K
Shares

गोरखा । नेकपा एमाले गोरखाको सातौँ अधिवेशन सकिएकाे छ । शुक्रबार सुरु भएकाे अधिवेशन आइतबार सकिएकाे हाे । जसमा अध्यक्ष, उपाध्यक्ष र ६३ जना सदस्य सर्वसम्मत चयन गरेको छ भने उपसचिव र अन्य सदस्यका लागि भने निर्वाचन भएकाे छ ।

अधिवेशनले नयाँ कार्यकालको नेतृत्व फेरि पनि प्रेम गुरुङलाई सर्वसम्मत चयन गरेको छ । उपाध्यक्ष पदमा कृष्ण नेपाली र सचिवमा काजीराम रोका सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै दुई जना उपसचिवका लागि भएकाे निर्वाचनमा सुरेशबाबु श्रेष्ठ र विशाल थापा विजयी भएका छन् । उपसचिवमा श्रेष्ठ र थापासहित राजन गुरुङकाे उम्मेद्वारी परेको थियाे । जसमा गुरुङ्ग पराजित भएका छन् ।

त्यस्तै आदिवासी जनजाति महिलामा कोपिला कुमाल निर्विरोध भएकी छन् । भूगोल ५० जनाको सिटमा धार्चे गाउँपालिकाको पुरुषतर्फ सन्तबहादुर गुरुङ, सुकबहादुर गुरुङ, शोसन घले, महिलातर्फ सुस्मिता घले सर्वसम्मत भएका छन् ।

बारपाक सुलिकोटमा सुजन गुरुङ, दलबहादुर भट्ट, अजिरकोटमा गणेश तामाङ, कुलबहादुर गुरुङ, गीताकुमारी पोखरेल, गोरखा नगरपालिकामा रामबहादुर खड्का, रामबाबु बोगटी, प्रवीण श्रेष्ठ, धनबहादुर आले, ताराकुमारी बस्नेत, किरण ढकाल, नर्मदा कट्टेल निर्विरोध भएका छन् ।

भीमसेनथापा गाउँपालिकामा सुनील लामिछाने, एकदेव अर्याल, शान्तमणि सिँखडा र चन्द्रमाया गुरुङ, आरुघाट गाउँपालिकामा कृष्णबहादुर धमला, हुकुमबहादुर खड्का, दुर्गाबहादुर रम्तेल, रुपेश रिजाल, रेनुका न्यौपाने र सञ्चिता गुरुङ चयन भएका छन् ।

सहीद लखन गाउँपालिकामा दीपबहादुर केशी, सुरज केशी, गणेश थापा, देवी थापा, सरिता ढकाल, चुमनुब्री गाउँपालिकामा राज गुरुङ र लोप्साङ लामा, गण्डकी गाउँपालिकामा गोविन्द्रप्रसाद रेग्मी, टंकनारायण श्रेष्ठ, छविलाल तिवारी, रेनुका नहर्की चयन भएका छन् ।

त्यस्तै पालुंटार नगरपालिकाबाट रमेश कँडेल, मिनबहादुर बानियाँ, चित्रबहादुर केशी, महेन्द्र प्रसाद तिमिल्सिना, इन्द्र देवकोटा, गम्भीरा बराकोटी, सिरानचोक गाउँपालिकाबाट ज्ञानेन्द्र सुवेदी, राजेश ढकाल, अनील कुमाल, रमनादेवी ढकाल, बिमला कुमाल चयन भएका छन् ।

त्यस्तै उत्पीडित महिला तर्फ केलरिङ सुनार, कल्पना बयलकोटी, मुस्लिम पुरुषतर्फ सलाउद्दिन मियाँ, मुस्लिम महिलातर्फ रसिया मियाँ, सिमान्तकृतमा वुद्धिबहादुर घले, सीमान्तकृत महिलामा सविता बराम, अपांगमा नवराज अधिकारी, मजदुरबाट सुमन श्रेष्ठ निर्विरोध चयन भएका छन् ।

१० खुल्ला महिलाहरु निर्विरोध भएका छन् । जसमध्य जुना थापा, सरस्वती भट्ट, पार्वती थापा, गीता भट्ट, सर्मिला तामाङ, सुष्मा रोका, कल्पना खड्का सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै गरी २० जना खुल्ला सदस्य र उत्पीडित पुरुष तथा जनजाती तर्फ भएको निर्वाचनको परिणाम समेत सार्वजनिक भएको छ ।

अधिवेशन अन्तरगत २० खुला सदस्य, ५ जनजाती पुरुष सदस्य र ३ उत्पीडित पुरुष सदस्यका लागि भने निर्वाचन भएकाे थियाे । जसमा विजयी उम्मेदवारका नाम यस प्रकार छ ।

खुल्ला तर्फ २० जना
१) ईश्वरप्रसाद दुवाडी
२) काजीराम श्रेष्ठ
३) किसान गुरुङ
४) नेदारमणी खनाल,
५) खिलबहादुर राना
६) खिलप्रसाद पनेरु
७) चित्र खड्का
८) तिर्थबहादुर नेपाली
९) धनिन्द्र धमाल
१०) ध्रुव ढकाल
११) प्रविण अधिकारी
१२) प्रेमकुमार पुडासैनी
१३) बकबहादुर लामा
१४) बिनोद पन्थ
१५) भिमबहादुर बोगटी
१६) मोहन भट्टराई
१७) रामहरी केसी
१८) सन्जिब श्रेष्ठ
१९) साधुराम थापा
२०) सुजन बानियाँ

जनजाती पुरुष तर्फ
१) आशबहादुर गुरुङ
२) बलराम थापा
३) भिमबहादुर गुरुङ
४) राजु गुरुङ
५) सानुकाजी वन्त

उत्पीडित पुरुष तर्फ
१) सुजन परियार
२) नरबहादुर सार्की
३) टिकाराम नेपाली

यससंगै अधिवेशनले १०५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ भने २१ जनालाई पहिलाे बैठकले मनाेनित गर्ने बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार