• शनिबार, साउन १६ २०८३

कमल थापाले ‘राष्ट्रिय एकता अभियान’ स्थगित गरे, यस्तो छ कारण ?


आइतबार, पुष २५ २०७८
615
Shares

राप्रपाका पूर्वअध्यक्ष कमल थापाले सुरू गर्न लागेको राष्ट्रिय एकता अभियान स्थगित गरेका छन्।उनले यही पुस २७ गतेदेखि राष्ट्रिय एकता अभियान गर्न लागेका थिए।उक्त अभियान केही समय रोक्न राप्रपाका नेताहरूबाटै सुझाव आएकोले अहिलेका लागि स्थगित गरिएको उनको भनाइ छ।उनले अहिले कोरोना बढ्दै गएकोले पनि अभियान हालका लागि स्थगित गरिएको बताएका छन्।

‘पुस २७ गते सुरू गर्न लागिएको ‘राष्ट्रिय एकता अभियान’ केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरुबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेको कारण समेत सो अभियान शुभारम्भ समारोह हाललाई स्थगित गर्ने निर्णय तयारी समितिको बैठकले गरेको छ,’।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार