• शनिबार, असोज ३ २०८३

वाटर किङडम उद्घाटन गर्न बग्गी चढेर पुगे ओली (तस्बिरहरु)


आइतबार, पुष २५ २०७८
915
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले गृहजिल्ला झापामा व्यस्त छन्। 

उनी झापा पुगेर विभिन्न संरचना उद्घाटनदेखि भेटघाटमा लागिरहेका छन्। उनले आइतवार भद्रपुर पुगेर नेपाल निजामती कर्मचारी संगठनको भवन उद्घाटन गरे। 

त्यसपछि उनले झापाकै झिलझिलेस्थित वाटर किङडम पार्कको उद्घाटन गरेका छन्। उनी त्यसक्रममा बग्गी चढेर उक्त पार्कमा पुगे। 

ओलीलाई झापास्थित पूर्वपश्चिम राजमार्गको झिलझिलेबाट वाटर किङ्डमसम्म पुर्‍याउन आयोजक राजकुमार संग्रौलासहितले बग्गी प्रयोग गरेका थिए। 

यो वाटर किङ्डम मुख्य राजमार्गबाट करिब ५ सय मिटर भित्र रहेको छ। त्यसक्रममा ओलीको स्वागतमा विभिन्न बाजा, जातजातिका झाँकी र नाचगान पनि गरिएको थियो। 

५० करोडमा तयार भएको पार्क कोरोना महामारीका कारण २ वर्षदेखि उद्घाटन नभइ रोकिएको थियो। 

सबै तस्बिरहरु : राजन काफ्ले

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार