• शनिबार, असोज ३ २०८३

‘बतास’बारे बाबुराम भट्टराईको व्याख्या…


आइतबार, पुष २५ २०७८
900
Shares

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले चर्चामा रहेको बतास समूह आसेपासे पुँजीवाद (क्रोनी क्यापिटालिज्म) को कुरूप अनुहार भएको बताएका छन्। 

नारायणहिटी दरबार संग्रहालय हाताभित्र रेस्टुरेन्ट सञ्चालन गरेपछि बतास समूहको गतिविधि चर्चामा आएको हो। तर व्यापक आलोचनापछि उसले बनाएको रेस्टुरेन्ट सरकारले केही दिनअघि मात्र भत्काइसकेको छ। 

नारायणहिटीभित्र बतास समूहले बनाएको कफी हाउस भत्काइयो

अहिले बतास समूहले उपल्लो तहमा राजनीतिक साँठगाँठ गरी कसरी सरकारी सम्पत्तिमा रजाइँ गरिरहेको रहेछ भन्ने तथ्य एकपछि अर्काे खुलासा भइरहेको छ। 

यस विषयमा आइतबार सामाजिक सञ्जालमार्फत डा. भट्टराईले विश्लेषण प्रस्तुत गरेका हुन्।

उनका भनाइमा यति, ओम्नीपछि आज बतासका रूपमा आसेपासे पुँजीवाद (क्रोनी क्यापिटालिज्म) को कुरूप अनुहार देखा परेको हो, याे पहिलेको रूपान्तरणकारी राजनीति अहिले सत्ता राजनीतिमा पतन हुनुको परिणाम हो। 

‘जबसम्म मुहान (राजनीति) सङ्लिँदेन, तबसम्म निकास सङ्लिँदैन है’, उनी भन्छन्, ‘मुहान सफा गरौं, राजनीतिक सफाइ अभियानमा लागौं।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार