• शनिबार, असोज ३ २०८३

सकरात्मक सोच भएका युवाहरुको खाँचो छ: गगन थापा


आइतबार, पुष २५ २०७८
760
Shares

सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरु चाहिएको बताएका छन्।

महामन्त्री थापाले देशमा धेरै कुराहरु बिग्रेको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढन सकारात्मक सोच भएका तन्नेरी चाहिएको बताए। 

विनायक सिद्धी कलेजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले तन्नेरीहरु जोशिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको बताए। 

महामन्त्री थापाले नेपाललाई योभन्दा धेरैमाथि पुर्‍याउने संकल्पसहित आफूले अवको १०-१५ वर्षमात्रै सक्रिय राजनीति गर्न चाहेको पनि दोहोर्‍याए। उनले बिग्रेको देश सम्हाल्ने गरी पठनपाठनको विषयलाई अघि बढाउनुपर्नेमा पनि जोड दिए। महामन्त्री थापाले भने, ‘म नेपालको एउटा राजनीतिक पार्टीको कार्यकर्ता हुँ। मैले मेरो जीवन २५-३० वर्ष एउटा राजनीतिक कार्यकर्ता भएर बिताएको छु।

अर्को १०-१५ वर्षमात्रै नेपालको राजनीतिमा क्रियाशील रहन्छु। त्यसपछि विश्राम लिन्छु भन्ने मेरो संकल्प छ। मैले विश्राम लिँदै गर्दा नेपाल योभन्दा धेरैमाथि पुगेको हुनेछ भन्ने कुरामा मेरो विश्वास छ। यसका लागि जम्मा एउटा कुरा चाहिएको छ। धेरै कुरा बिग्रेको छ, हामी सम्हाल्छौं। जम्मा एउटा कुरा चाहिएको छ–सकारात्मक सोच्ने तन्नेरीहरु। हाम्रो तन्नेरीहरुसँग जोश छ। जोश सँगसँगै उनीहरुको चिन्तन अव सकारात्मक चाहिएको छ। हामीलाई ‘प्रवलम’ देखाउने मानिस होईन, सोलुशन खोज्ने मानिस चाहिएको छ। समस्या  जसले पनि देखाउन सक्छ। समस्या  देखाउने बहादुर होइन् समाधान खोज्ने मानिस बहादुर हो।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार