
गोरखा । महिला उद्यमी संघ गोरखाकाे अध्यक्षमा रीता अर्याल रेग्मी चयन भएकी छिन् । संघकाे शनिबार सम्पन्न प्रथम अधिवेशनले रेग्मीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेकाे हाे । यस अघिकाे तदर्थ समितीकाे संयाेजक समेत उनि नै थिइन् ।
गोरखा सदरमुकाममा सम्पन्न अधिवेशनले उपाध्यक्षमा सुस्मा श्रेष्ठ, सचिवमा सृजना पाण्डे र काेषाध्यक्षमा शारदा खत्रीलाई चयन गरेकाे छ ।


यसैगरी सहसचिवमा देवका खनाल र सहकाेषाध्यक्षमा सुकु राना सर्वसम्मत भएका छन् । अधिवेशनबाट सदस्यहरुमा पूर्णिदेवी गुरुङ्ग, सानुमाया थापा, जुना बिश्वकर्मा, सानुमाया थापा बाँनिया र मिनकुमारी काप्री चयन भएका छन् ।
संघकाे प्रथम अधिवेशनले देवु मास्के र विष्णु मास्के चयन भएकाे बताइएकाे छ । गोरखा नगरपालिकाका मेयर राजनराज पन्तकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा उपप्रमुख विनाकुमारी श्रेष्ठ, गोरखा उद्याेग बाणिज्य संघका काेषाध्यक्ष राजेन्द्र बिश्वकर्मा, महिला उद्यमी विकास समितीका अध्यक्ष सुशिला श्रेष्ठ, समितीका संस्थापक अध्यक्ष देवु मास्के, संघका साधारण सदस्य सविता श्रेष्ठ लगायतले मन्तब्य राखेकाे बताइएकाे छ ।

संघले जिल्लाका महिला उद्यमीहरुकाे हक हित र सुरक्षााका साथै उनिहरुकाे ब्यवसायलाई थप मजबुत बनाउन बिभिन्न कार्यक्रम सञ्चालन गर्ने संघका सचिव सृजना पाण्डेले जानकारी दिइन्। साथै संघले हरेक ब्यवसाय सञ्चालनमा महिलालाई प्राेत्साहन गर्ने र उनिहरुलाई आत्मनिर्भर बनाउदै उद्यमीका रुपमा विकास गर्ने याेजना रहेकाे उनले बताइन् ।
