• शनिबार, साउन १६ २०८३

गोरखा विकास बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा जाेशी


शनिबार, पुष २४ २०७८
895
Shares

गोरखा । गोरखा विकास बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा रामबाबु जोशी निर्विरोध निर्वाचित भएका छन् । गोरखा सदरमुकामबाट सञ्चालित संस्थाकाे आगामी कार्यकालका लागि जाेशी अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन ।

शनिबार सम्पन्न सहकारी संस्थाकाे सातौँ अधिवेशनले जाेशीकाे नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेकाे छ ।

जसकाे उपाध्यक्ष पदमा रामशरण आचार्य, सचिव पदमा शरद श्रेष्ठ, कोषाध्यक्ष पदमा योङकुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा मीनादेवी श्रेष्ठ, उषा श्रेष्ठ, श्यामबाबु श्रेष्ठ, श्यामबाबु जोशी, कृष्णप्रसाद अर्याल, जीवनज्योति श्रेष्ठ र रुद्रकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

अधिवेशनले लेखा तथा सुपरीवेक्षण समितिको अध्यक्षमा अर्जुनबाबु श्रेष्ठ र सदस्यहरुमा किरण अर्याल र शंकर कुँबरलाई चयन बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार