गोरखा । नेपाल निजामती कर्मचारी युनियनकाे गोरखाकाे अध्यक्षमा लेख बहादुर श्रेष्ठ चयन भएका छन् । शनिबार गोरखा सदरमुकाममा सम्पन्न आठाै जिल्ला अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत पुन: अध्यक्षमा चयन गरेकाे हाे । श्रेष्ठ यसअघि समेत जिल्ला अध्यक्ष थिए ।
त्यस्तै अधिवेशनले युनियनकाे खुल्ला उपाध्यक्षमा गणेश बहादुर राना, महिला उपाध्यक्षमा कल्पना दवाडी र समावेशी उपाध्यक्षमा रुल बहादुर आलेलाई चयन गरेकाे छ भने सचिवमा इन्द्रहरी खनाल सर्वसम्मत भएका छन् । यसैगरी काेषाध्यक्षमा शाेभा दवाडी र सहसचिवमा सूर्यनारायण श्रेष्ठलाई चयन गरेकाे छ ।
यसैगरी सदस्यहरुमा नवराज खनाल, सुरेश दवाडी, महेन्द्र पन्त र यम बहादुर थापा साथै महिला सदस्यमा काेपिला भट्टराई, बिन्दु पाण्डे पाेखरेल सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्य श्रेणिविहिनमा प्रेमलाल वाँडा र ठाकुर प्रसाद भट्टलाई चयन गरेकाे बताइएकाे छ ।

अधिवेशनले केन्द्रिय महाधिवेशन प्रतिनिधीमा सुवन शर्मा, वेद प्रकाश ढकाल, राजन तिमिल्सेना र चेत प्रसाद अंगाई गरी चार जनालाई चयन गरेकाे निर्वाचन समितीले जनाएकाे छ । अधिवेशन सम्पन्नपछि युनियनकाे पहिलाे बैठकले सुनिल पनेरु र कमल पाण्डेलाई जिल्ला सदस्यमा मनाेनित गरेकाे बताइएकाे छ ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र राज पाण्डेकाे प्रमुख आतिथ्यतामा शनिबार भएकाे युनियनकाे आठाै जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति नन्द प्रसाद न्याैपाने, महासमिती सदस्य एवं गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, युनियनका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र अधिकारी, पूर्व जिल्ला अध्यक्ष गणेश भट्टराई, उपाध्यक्ष कल्पना दुवाडी, नेपाल पत्रकार महासंघ गोरखाका उपाध्यक्ष नरेन्द्र ढकाल लगायतले बाेलेका थिए ।