• शनिबार, साउन १६ २०८३

एमाले गोरखाको जिल्ला अध्यक्षमा पुन: गुरुङ, अरु पदमा काे-काे ?


शनिबार, पुष २४ २०७८
975
Shares

गोरखा । नेकपा एमाले गोरखाको अध्यक्षमा पुन: प्रेम गुरुङ्ग चयन भएका छन् । हिजाे देखि सुरु भएकाे साताै अधिवशेनले गुरुङ्गलाई आगामी कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा चयन गरेकाे हाे । उनि यसअघि समेत जिल्ला अध्यक्ष थिए ।

यसैगरी अधिवेशनले उपाध्यक्ष पदमा कृष्ण नेपालीलाई सर्वसम्मत चयन गरेको निर्वाचन समितीले जनाएकाे छ । उनि यसअघिको सचिव पदमा थिए ।

जिल्ला अध्यक्ष पदमा गुरुङ, नेपालीसहित अर्का नेता सुरेन्द्र थापाकाे दावी थियाे तर अन्तिम समयमा गुरुङ्गकाे पक्षमा सहमती बनेकाे एक एमालेका नेताले बताए ।

त्यस्तै एमालेकाे जिल्ला सचिवमा भने काजीराम रोका सर्वसम्मत चयन भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार