गोरखा । हिजाे शुक्रबारदेखि सदरमुकाममा सुरु भएकाे नेकपा एमाले गोरखाको ७ औँ जिल्ला अधिवेशन अन्तरर्गत आज बिहानेदेखी निर्वाचन प्रकृया सुरु भएको छ ।
गोरखा नगरपालिका ८ को चाइनिज धारा स्थित मदन आश्रित भवनमा अधिवेशन अन्तर्गत निर्वाचनको प्रकृया थालनी भएको निर्वाचन अधिकृत रमेश अधिकारीले जानकारी दिए ।
उनका अनुसार शनिबार बिहान ९ः०० बजेदेखी निर्वाचनको सबै कार्य तालिका प्रकाशन गरी मतदाताको नामावली समेत प्रकाशन गरिएको छ । अधिवेशनमा जिल्लाभरबाट ६ सय जना प्रतिनिधी सहभागी भएकाे बताइएकाे छ ।
अधिवेशन अन्तरगत हिजाे भएकाे बन्दसत्रमा एमालेले राजनैनितक, साँगठनिक र आर्थिक गरी ३ मुख्य प्रतिवेदन पास गरेकाे छ । पार्टीका जिल्ला इन्चार्ज रामशरण बस्नेतबाट उद्घाटन भएकाे अधिवेशन अन्तरगत आज अध्यक्ष लगायतका पदमा मतदान हुने बताइएकाे छ ।
जसमा अध्यक्षका लागि प्रेम गुरुङ्ग, कृष्ण नेपाली र सुरेन्द्र थापाले दावेदारी प्रस्तुत गरिसकेका छन् । गुरुङ्ग हाल वहालवाला अध्यक्ष हुन भने नेपाली पार्टीकाे जिल्ला सचिव हुन् । त्यस्तै थापा भने पार्टीकाे गण्डकी प्रदेश सदस्य छन् ।
हेर्नुस निर्वाचन कार्य तालिका
बिहान ९ः०० बजे मतदाता नामावली प्रकाशन
बिहान ११ः०० बजेदेखी १२ः०० बजेसम्म उम्मेदवारी दर्ता
१२ः३० बजे प्रारम्भिक नामावली प्रकाशन
१२ः३० उम्मेदवारको बिरोधमा उजुरीदिने
१ बजेदेखी १ः१५ बजेसम्म उजुरी उपर छानविन र निर्णय
२ः४० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन
३ः३० बजेदेखी ५ः३० बजेसम्म मतदान