• शनिबार, साउन १६ २०८३

सकेसम्म सहमतिमै नेतृत्व छानौँ, नभए स्वस्थ प्रतिस्पर्धा गरौँ : केपी ओली


शुक्रबार, पुष २३ २०७८
585
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सहमतिबाटै जिल्ला नेतृत्व छान्न निर्देशन 2दिएका छन्। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सहमतिबाटै जिल्ला नेतृत्व छान्न निर्देशन दिएका छन्। देशका ६३ जिल्लामा शुक्रबार सुरु भएको एमाले जिल्ला अधिवेशनको केन्द्रीय कार्यालय थापाथली हाइटबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

‘एमालेको अधिवेशन सफल हुनेछ। आजै सबै ८३ ठाउँमै हुने थियो। केही ठाउँमा नभए पनि आमरुपमा एकै दिन हुन्थ्यो। हामीले वडादेखि नै सहमतिलाई जोड दिएका छौँ’, उनले भने, ‘हाम्रा अगाडि प्रकट भइरहेका उज्याला सम्भावनाहरूलाई साकार बनाउने कुरामा हाम्रो पार्टीको तमाम पंक्तिमा एकता आवश्यकता छ। एकताका लागि उच्चस्तरीय समझदारी जरुरी छ।’

ओलीले यदि सहमति हुन नसकेमा निर्वाचनको विधिबाट नेतृत्व छान्न आग्रह गरेका छन्। ‘निर्वाचनको विधिबाट अगाडि बढ्ने नीति पनि हामीले अख्तियार गरेका छौँ’, उनले भने, ‘सकेसम्म समझदारी, सहमतिमार्फत एकतावद्ध भएर मन नखुम्च्याइ अगाडि बढ्न आग्रह गर्छु’, उनले भने, ‘त्यस्तो भएन भने स्वस्थ प्रतिस्पर्धामा जान आग्रह गर्दछु।’ 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार