• शनिबार, साउन १६ २०८३

ओलीको प्रश्न : निर्मला पन्तको विषयमा अहिले किन सरकार मौन छ ?


शुक्रबार, पुष २३ २०७८
905
Shares

नेकपा एमाले अध्यक्ष केपी ओलीले बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी निर्मला पन्तको विषयमा सरकार मौन बसेको आरोप लगाएका छन् ।

काठमाडौंको मूलपानीमा शुक्रबार आयोजित एमाले काठमाडौंको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा उनले आफू सरकारमा हुँदा अनुसन्धान गर्न नदिएर व्यवधान खडा गरेको भन्दै अहिले देउवा सरकार किन मौन भन्दै प्रश्न गरे । ‘हामी सरकारमा हुँदा निर्मला निर्मला भनेर अनुसन्धानमा अवरोध गरेका थिए, प्रहरीलाई अनुसन्धानमा व्यवधान गरे’, उनले भने, अहिले कांग्रेसको नेतृत्वको सरकार किन मौन बसेको छ ।’  ११ साउन २०७५ मा बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मला फेला परेकी थिइन् । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार