• शनिबार, साउन १६ २०८३

एमालेकाे जिल्ला अधिवेशन आज, केपी शर्मा ओलीले सम्बाेधन गर्ने


शुक्रबार, पुष २३ २०७८
720
Shares

गोरखा । नेकपा एमाले गोरखाकाे जिल्ला अधिवेशन आज हुदैछ । देशभर एकैदिन, एकै समयमा हुन लागेकाे एमालेकाे जिल्ला अधिवेशन गोरखामा आज बिहान ११ बजेदेखि सुरु हुने बताइएकाे छ ।

अधिवेशनलाई एमालेका अध्यक्ष केपी ओलीले बिहान ११ बजे भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन् । केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।

यता एमाले गोरखाको सातौँ जिल्ला अधिवेशन गोरखा नगरपालिका ८ स्थित चाइनिजधारामा रहेकाे मदनआश्रित भवन हुने भएको हाे । जिल्ला अधिवेशमा ११ वटा स्थानीय तहबाट गरी करिब ६ सय ५० जना प्रतिधिनी सहभागी हुदैछन् ।

अधवेशनमा आज बेलुका नै बन्द सत्र सुरु हुने र साे बन्द सत्रबाट एमालेले राजनैनितक, साँगठनिक र आर्थिक गरी ३ मुख्य प्रतिवेदन पास गर्ने कार्यक्रम रहेकाे जिल्ला अध्यक्ष प्रेम गुरुङ्गले सिभिलखबरलाई बताए ।

यता जिल्ला अधिवेशन सुरु हुने समय नजिकिदै जादा नेतृत्वका लागि भने रस्साकस्सी बढेकाे छ । जिल्ला अध्यक्षमा अहिलेसम्म ३ जनाले आकांक्षा ब्यक्त गरेकाे एमाले स्राेत बताउछ ।

जसमा प्रेम गुरुङ्ग, कृष्ण नेपाली र सुरेन्द्र थापाले पार्टीकै बैठकमा अध्यक्षकाे दावेदारी प्रस्तुत गरिसकेका छन् । गुरुङ्ग हाल वहालवाला अध्यक्ष हुन भने नेपाली पार्टीकाे जिल्ला सचिव हुन् । त्यस्तै थापा भने पार्टीकाे गण्डकी प्रदेश सदस्य छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार