• शनिबार, असोज ३ २०८३

एमालेले काठमाडौं अधिवेशनमा एक लाख कार्यकर्ता उतार्ने


बिहिबार, पुष २२ २०७८
840
Shares

काठमाडौं। नेकपा एमालेको शुक्रबार हुने काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा एक लाख जना सहभागी गराउने दावी गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा हुने जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा एक लाख कार्यकर्ता सहभागी गराउने र त्यसको तयारी पूरा भएको जिल्ला अध्यक्ष कृष्ण राईले जानकारी दिए ।

यसअघि पुस २० गते काठमाडौंका ११ नगर, १३८ वडा र १० निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरू छनौट गरिसकेको राईले जनाएका छन् । जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई अध्यक्ष केपी शर्मा ओलीसहित केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन् ।

शुक्रबार उद्घाटन हुने जिल्ला अधिवेशनको बन्दसत्र भने शनिबार राष्ट्रिय सभागृहमा हुनेछ । जिल्ला अधिवेशन उद्घाटनको दिन काठमाडौंको थली, मूलपानीको पिपलबोट र नारायणटार हुँदै तीन रुटबाट र्‍याली आयोजना गरिने अध्यक्ष कृष्ण राईले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार