
गोरखा । नेकपा एमाले गोरखाकाे जिल्ला अधिवेशन भाेली हुदैछ । देशभर एकैदिन, एकै समयमा हुन लागेकाे एमालेकाे जिल्ला अधिवेशन गोरखामा भाेली बिहान ११ बजेदेखि सुरु हुने बताइएकाे छ ।
एमाले गोरखाको सातौँ जिल्ला अधिवेशन गोरखा नगरपालिका ८ स्थित चाइनिजधारामा रहेकाे मदनआश्रित भवन हुने भएको हाे । जिल्ला अधिवेशमा ११ वटा स्थानीय तहबाट गरी ६ सय ५० जना प्रतिधिनी सहभागी हुदैछन् ।

भाेली ११ बजे पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज रामशरण बस्नेतबाट उद्घाटन हुने अधवेशनमा भाेली नै बन्द सत्र सुरु हुने र साे बन्द सत्रबाट एमालेले राजनैनितक, साँगठनिक र आर्थिक गरी ३ मुख्य प्रतिवेदन पास गर्ने कार्यक्रम रहेकाे जिल्ला अध्यक्ष प्रेम गुरुङ्गले सिभिलखबरलाई बताए ।


यता जिल्ला अधिवेशन सुरु हुने समय नजिकिदै जादा नेतृत्वका लागि भने रस्साकस्सी बढेकाे छ । जिल्ला अध्यक्षमा अहिलेसम्म ३ जनाले आकांक्षा ब्यक्त गरेकाे एमाले स्राेत बताउछ ।
जसमा प्रेम गुरुङ्ग, कृष्ण नेपाली र सुरेन्द्र थापाले पार्टीकै बैठकमा अध्यक्षकाे दावेदारी प्रस्तुत गरिसकेका छन् । गुरुङ्ग हाल वहालवाला अध्यक्ष हुन भने नेपाली पार्टीकाे जिल्ला सचिव हुन् । त्यस्तै थापा भने पार्टीकाे गण्डकी प्रदेश सदस्य छन् ।

३ जनाले अध्यक्षमा दाबेदारी दिएपनि सर्वसम्मतकाे प्रयास भइरहेकाे एक नेताले जानकारी दिए । यता अध्यक्ष बाहेक उपाध्यक्ष, सचिव लगायतका पदमा भने अहिलेसम्म कसैकाे नाम अगाडी नआएकाे स्राेत बताउछ ।

अधिवेशनबाट १ अध्यक्षसहित उपाध्यक्ष र सचिव साथै उपसचिवमा दुईजना र जिल्ला सदस्यमा १ सय ३० जना चयन हुने बताइएकाे छ।